Close This

गौरी मल्लको प्रश्न : बच्चा नजन्माउँदैमा के म आमा भइनँ ? 

बिहीबार चैत २९, २०८०/ Thursday 04-11-24
Paschim Today

काठमाडौँ : अभिनेत्री गौरी मल्ल सन्तान जन्माइसकेपछिको सम्बन्धलाई मात्र मातृत्वको परिचय ठान्दिनन् । बिहीबार कान्तिपुर पब्लिकेसन्स लिमिटेडद्वारा आयोजित 'निर्भीक नारीु को दोस्रो सत्र' मातृत्व मन्थनुमा अभिनेत्री मल्लले व्यक्तिले अनुभव गर्ने भावलाई मातृत्वको रूपमा हेर्न सकिने धारणा राखेकी हुन् ।

'मेरो लागि मातृत्व भनेको तपाईं जे अनुभव गर्नुहुन्छ त्यो हो । बच्चा पाएर आमा, बुवा बनिसकेपछिको अनुभव मेरो लागि मातृत्व होइन । मेरो घरमा कुकुरले बच्चा पायो भने त्यो आमा कुकुरमा पनि मातृत्व देख्छु । बिरालोले बच्चा पायो भने त्यहाँ मातृत्व देख्छु,' उनले भनिन् ।

अभिनेत्री मल्ल आफूले शारीरिक रूपमा सन्तान नजन्माए पनि आफूमा मातृत्वको भाव रहेको अनुभव सुनाउँछिन् । 'मैले शारीरिक रूपमा कुनै बच्चा जन्माएको छैन । तर, हरेक बच्चालाई आफ्नो मातृत्वको नजरले हेर्न सक्छु । त्यसको अर्थ त्यो ड्रामा मात्र हो त होइन नि १ प्रेम त जसलाई पनि गर्न सकिन्छ नि,ुउनले भनिन्,'कुनै एक बच्चाप्रतिको भाव, हेर्ने दृष्टिकोण परिवर्तन भयो अथवा उसलाई हेर्न दृष्टिकोणमा वात्सल्य मिसियो भने के म आमा भइनँ र रु के त्यो ममा मातृत्व आएको होइन र ?'

अहिलेको अवस्थामा आफ्नी आमाप्रति गौरीले आफ्नो मातृत्व भावना अनुभव गरिरहेको सुनाउँछिन् । उनका अनुसार अहिले उनकी आमा गौरीकी सन्तान बनेकी छन् भने गौरी उनकी आमा बनेकी छन् । 'हिजो म उहाँको बच्चा थिए, आज उहाँ मेरो बच्चा हुनु भएको छ,' अभिनेत्री मल्लले भनिन्, '८७/८७ वर्षको मेरो आमालाई म मेरो मातृत्व पोखिरहेको छ । उहाँ रुनुहुँदा फकाउँछु, बदमासी गर्नुहुँदा गाली पनि गर्छु । मैले जन्माएको बच्चा भइदिएको भए उहाँले जसरी थप्पड लगाउँथे होला तर, त्यति मात्र गर्दिनँ बाँकी सबै कुरा अभिव्यक्त गरिरहेको हुन्छ, जुन म बच्चा हुँदा उहाँले गर्नुभयो ।'

बच्चा नजन्माएसम्म नारी हुँदैन भन्ने गलत सोचबाट हामी निस्कनुपर्ने गौरी बताउँछिन् । ुबच्चा नपाएसम्म कुनै कोही नारी हुँदैनन् भन्ने धारणाबाट निस्कनुपर्छ । यो सोचबाट नै निस्कनुपर्छ, यो सोच नै गलत छ । बच्चा पाउने पनि नारी हुन्, नपाउने पनि नारी हुन्,ुउनले भनिन् ।

बच्चा जन्माउने विषयमै पनि नेपालमा गलत धारणा विद्यमान रहेको गौरीको भनाइ छ । 'नारी स्वेच्छाले आमा बन्न चाहेको छ कि छैन भन्ने महत्त्वपूर्ण हो । अरुका लागि बच्चा पाउने होइन, आफ्नो खुसीका लागि हो । सामाजिक, मानसिक र आर्थिक रूपमा बच्चा जन्माउन सक्षम छौं कि छैन्न भन्ने पनि थाहा हुनुपर्छ,ुउनले भनिन्,'हामीकहाँ त्यस्तो छैन । हाम्रो त सुरुवात नै लाञ्छनाबाट हुन्छ । ठूलो परिवारमा त तिमीहरू पाइदेऊ न मात्र हामी हुर्काउँछौं भन्छन् । मानौं, त्यो घरमा बुहारी होइन मेसिन भित्रिँदैछ । त्यो किसिमको सोच अहिले पनि सम्पन्न भन्दा सम्पन्न, पढेलेखेका परिवारमा विद्यमान छ ।'