Close This

चोरी मुद्धामा १५ वर्ष फरार रहेका कञ्चनपुरका एक जना पक्राउ कञ्चनपुरः

शुक्रबार चैत ३०, २०८०/ Friday 04-12-24
Paschim Today

कञ्चनपुरः चोरी मुद्धामा १५ वर्ष फरार रहेका कञ्चनपुरका एक जना पक्राउ परेका छन्। भीमदत्त नगरपालिका–६ ऐठपुरका ३० वर्षीय महेश चौधरी पक्राउ परेका हुन्। वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले चौधरीलाई पक्राउ गरेको हो।

जिल्ला अदालत कञ्चनपुरको मिति २०६५ माघ २१ गतेको फैसलाले चोरी मुद्धामा १४ दिन कैद सजाय र ४१ हजार ७५ जरिवाना ठहर भई फरार रहेका चौधरीलाई बिहीवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक पुस्करराज पन्तले बताए।