Close This

मिस नेपाल २०२४ को अडिसन भरतपुरबाट सुरु

शुक्रबार चैत ३०, २०८०/ Friday 04-12-24
Paschim Today

काठमाडौं । मिस नेपाल २०२४ को अडिसन शुक्रबार भरतपुरबाट सुरु भएको छ । अडिसनमा ६ जनाले सहभागिता जनाएको द हिडन ट्रेजरले जनाएको छ । संस्थाका निर्देशक सुवर्ण क्षेत्री, मिस नेपाल वर्ल्ड सृच्छा प्रधान र मिस नेपाल इन्टरनेसनल प्रसिद्धि शाहले जजको रुपमा अडिसन लिएका थिए ।

यो अडिसनमा छनोट हुनेले मे १८ शनिबार काठमाडौंमा हुने अन्तिम अडिसनमा भाग लिनेछन् । बाँकी क्षेत्रीय अडिसनको आयोजना १७ अप्रिलमा पोखरा, २२ अप्रिलमा नेपालगञ्ज, २४ अप्रिलमा सुर्खेत, २८ अप्रिलमा वीरगञ्ज, ५ मेमा बिर्तामोड, ७ मेमा इटहरी, १२ मेमा भैरहवामा हुँदैछ ।

अहिले आवेदन चलिरहेको छ । १४ मे (जेठ १ गतेसम्म) इच्छुक युवतीले आवेदन दिन सक्ने जनाइएको छ । अडिसनबाट छनोट भएकाले फिनालेको लागि प्रशिक्षण तयारीमा भाग लिनेछन् । आगामी अगस्ट ३ मा गोदावरीको सनराइज कन्भेसन सेन्टरमा फिनाले आयोजना हुँदैछ ।