Close This

हमासले युद्धविरामको सम्झौता अस्वीकार गरेको इजरायलको दाबी

आइतबार बैशाख २, २०८१/ Sunday 04-14-24
Paschim Today

तेल अभिभ । हमासले युद्धविरामसम्बन्धी सम्झौता अस्वीकार गरेको  इजरायलले दाबी गरेको छ । यस सम्झौताअनुसार दुई पक्षबिच इजरायली बन्धकहरूलाई रिहा गरेबापत कैदीहरूको रिहाइ गर्ने र गाजामा युद्धविराम प्रस्ताव गरिएको थियो ।

इजरायली खुफिया एजेन्सी मोसादका अनुसार हमासले मध्यस्थकर्ताको पछिल्लो योजनालाई अस्वीकार गरेको छ । यस कुराले हमासका नेता याह्या सिनवार मानवीय आधारमा सम्झौता चाहँदैनन् भन्ने थाहा हुने र अपहरण गरिएका बन्धकहरूलाई फिर्ता गर्ने उसको इरादा छैन भन्ने स्पष्ट भएको इजरायली एजेन्सीले भनेको छ ।

‘हमासले इरानसँग तनाव बढाउँदैछ । तर इजरायल पूर्ण शक्तिका साथ आफ्नो संकल्पमा अडिग छ र १३३ बन्धकहरूको रिहाइमा कुनै कसर बाँकी राख्ने छैन,’ एजेन्सीको भनाई छ ।