Close This

हङकङले नेपाललाई दियो ११५ रनको लक्ष्य

सोमबार बैशाख ३, २०८१/ Monday 04-15-24
Paschim Today

काठमाडौं । एसिसी प्रिमियर कप २०२४ अन्तर्गत हङकङविरुद्धको खेलमा नेपालले उत्कृष्ट बलिङ गरेको छ। ओमानको अल अमिरात क्रिकेट मैदानमा टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको नेपालले जितका लागि ११५ रनको लक्ष्य पाएको छ।

वर्षाका कारण १८ ओभरमा झारिएको खेलमा हङकङ एक बल अगाबै अलआउट हुँदै ११४ रनमा सीमित भएको हो। हङकङलाई सस्तैमा समेट्न अविनास बोहोराले तीन विकेट लिँदा ललित राजवंशी र दिपेन्द्र सिंह ऐरीले समान दुई तथा करण केसीले एक विकेट लिए।