Close This

बझाङकी रस्मिला धामी विद्युतीय अपराध कसुरमा काठमाडौंबाट पक्राउ

सोमबार बैशाख ३, २०८१/ Monday 04-15-24
Paschim Today

 फेसबुक लाइभमा बसेर व्यक्तिको नाम किटान गर्दे सामाजिक संजालमार्फत विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने बझाङकि रस्मिला कुमारी धामी प्रकाउ परेकी छन् । सामाजिक संजालमार्फत विभिन्न व्यक्तिको मान प्रतिष्ठामाथि प्रहार गरेको उजुरीपछि विभिन्न गतिविधि मार्फत चर्चामा आएकी विवादस्पद महिला रस्मिला कुमारी धामी पक्राउ परेकी हुन् ।

पीडित साइबर ब्युरो ४८ (नाम परिवर्तन)को जाहेरीमा नेपाल प्रहरीको साइबर ब्युरोले बझाङकी २८ वर्षीया धामीलाई आइतबार काठमाडौंको टोखाबाट पक्राउ गरेको हो । उनलाई साइबर अपराध सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको केन्द्रिय प्रहरी प्रवक्ता (एआइजी) भिम प्रसाद ढकालले बताए ।

यसअघि साइबर अपराधकै मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएकी धामीले सजाय भुक्तान नगर्दै फेरि सोही प्रकृतिको अपराध गरेको पाइएपछि अदालतबाट पक्राउ गरि अनुसन्धानका लागि हिरासतमा लिइएको प्रवक्ता ढकालले बताए ।

साइबर ब्यूरो २६ को जाहेरीका आधारमा यसअघि मुद्दा चलेकोमा जिल्ला अदालत काठमाडौंले गत फागुन ३० गते रस्मिला धामीलाई साइबर अपराधमा दोषी ठहर गर्दै ७ दिन कैद,३० हजार जरिवाना र पीडितलाई डेढ लाख क्षतिपूर्ति भराउने फैसला गरेको थियो । सो फैसलाको पूर्ण पाठ नआउँदै रस्मिला धामीले सामाजिक संजालमार्फत पुनः आपत्तिजनक ढंगले चरित्रहत्या गरेको भिडियो तथा अन्य प्रमाणसहित जाहेरी परेको थियो ।

अदालतको सजाय भुक्तान नहुँदै यसअघिको मुद्दाको भन्दा पनि आपत्तिजनक र साइबर अपराध आकर्षित हुने कसूर गरेको पाइएपछि उनलाई फेरि मुद्दा चलाइने भएको हो । साईबर ब्यूरोका अनुसार अहिले धामीलाई पक्राउ गरि सोधपुछमा राखिएको र थप प्रमाण भेट्टाए अदालतले सोहि प्रमाण अनुसार कारागार चलान गर्न सक्ने बताएको छ ।

धामीले यसअघि अनेरास्ववियुकी स्थायी कमिटी सदस्य रक्षा बमविरुद्ध पनि बिभिन्न झुटा आरोप लागाउदै अपराधिक लाभ लिएको भन्ने जाहेरी दिएको समेत पाइएको छ ।

उनिमाथि विभिन्न पुरुषलाई मागेजति रकम नदिए बलात्कारको जाहेरी दिन्छु,बदनाम गर्छु भन्दै गरेका मेसेज र अन्य प्रमाणहरु समेत संकलन गरिएको हो । धामी बेलाबेला सामाजिक संजालमा लाइभमा आएर विवादमा पर्दै आएकि छन् ।