Close This

प्रदेश प्रमुखको निर्णयविरुद्ध लक्ष्मण किशोर चौधरी अदालत जाने

मंगलबार बैशाख ४, २०८१/ Tuesday 04-16-24
Paschim Today

धनगढी । मुख्यमन्त्रीमा दाबी पेश गरेका लक्ष्मण किशोर चौधरीले प्रदेश प्रमुखको निर्णयविरुद्ध अदालत जाने बताएका छन् । प्रदेश प्रमुख नाजिर मियाँले दाबीलाई रद्द गरेपछि न्यायको लागि अदालत जाने चौधरीले बताएका हुन् ।

 

 

मंगलबार आयोजित पत्रकार सम्मेलनमा चौधरीले प्रदेश प्रमुखले कानुनविपरीत सरकार निर्माणको समय लम्ब्याएको प्रति पनि आपत्ति जनाए । उनले भने, ‘त्यसको नैतिक जिम्मेवारी उहाँले लिनुपर्छ ।’

सुदूरपश्चिमका प्रदेश प्रमुख मियाँले मुख्यमन्त्रीका लागि परेका दुवै दाबी अस्वीकृत गरेका छन् । सुदूरपश्चिमको मुख्यमन्त्रीमा आइतबार नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षका लक्ष्मण किशोर चौधरीले नेपाली कांग्रेस र समर्थनमा र नाउपाकै रञ्जिता चौधरी पक्षका कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

प्रदेश प्रमुख नजिर मियाले दुवै जनाको दाबी नपुगेको भन्दै पुनः २ दिन समय दिएर फेरि दाबी पेस गर्न दलहरूलाई आह्वान गरेका हुन् ।