Close This

धनगढीमा दुई प्रदेश प्रमुखको भेटवार्ता, समन्वय र सहकार्यका बिषयमा छलफल

मंगलबार बैशाख ४, २०८१/ Tuesday 04-16-24
Paschim Today

कैलाली । कैलालीमा दुई प्रदेशका प्रदेश प्रमुखबिच भेटवार्ता भएको छ । धनगढी स्थित प्रदेश प्रमुख निवासमा सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँ र गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टबिच भेटवार्ता भएको हो ।

भेटवार्तामा दुबै प्रदेश प्रमुखबिच समन्वय र सहकार्य गरि अगाडी बढ्ने विषयमा छलफल भएको थियो । संविधान कार्यान्वयन गर्दै  अगाडी बढ्ने दुबै प्रदेश प्रमुखहरूले बताएका थिए ।  दुबै प्रदेश प्रमुखहरूले एक अर्कालाई शुभकामना दिएका थिए ।

गण्डकी प्रदेश प्रमुख भट्टको गृह नगर धनगढी हो । आफ्नो गृह प्रदेशमा प्रमुख भएर आएको भन्दै सुदूरपश्चिमका प्रमुख मियाँलाई गण्डकीका प्रमुख भट्टले स्वागत समेत गरेका थिए । उनले गण्डकी भ्रमणको निम्तो समेत दिए ।