Close This

गाजाको शरणार्थी शिविरमा आक्रमण : १३ जनाको मृत्यु, धेरै घाइते

बुधबार बैशाख ५, २०८१/ Wednesday 04-17-24
Paschim Today

एजेन्सी । मध्य गाजाको अल–मघाजी शरणार्थी शिविरमा मंगलबार भएको आक्रमणमा सात बालबालिका सहित १३ जनाको मृत्यु भएको छ । आक्रमणमा  २५ जनाभन्दा बढी घाइते भएको अल–अक्सा सहिद अस्पताल अधिकारीहरूलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ ।

प्रत्यक्ष दर्शी निहाद ओवादेतल्लाहबाट प्राप्त भिडियोमा आक्रमण पछि  धेरै मृत्यु (हताहतहरू) मानिसहरू भुइँमा लडिरहेको देखाइएको सिएनएनले जनाएको छ । यसै गरी धेरै मानिसहरू आतङ्कित भएर वरिपरि दौडिदै चिच्याइरहेका छन् र मृत शरीरहरू ब्यवस्थापन गर्न लागि रहेका देखिन्छन् । 

सिएनएनसँग कुरा गर्दै शिविरमा बस्ने ओवेदातल्लाहले आफ्नो  शिविरबाट ३०–४० मिटर टाढा विस्फोट भएको बताउँदै आक्रमण पछि भुइँमा फ्याँकिएको शव फेला पारको तथा मानिसहरू चिच्याइरहेका उजागर गरे । 

अल–अक्सा शहीद अस्पतालबाट सिएनएनबाट खिचिएको फुटेजमा इमरजेन्सि कक्ष हताहत र घाइते व्यक्तिहरूले  भरिएको देखिन्छ । सिएनएनको रिपोर्टअनुसार परिवारका सदस्यहरू आफ्ना प्रियजनको शव नजिक जम्मा भइरहेका थिए, तिनीहरूलाई समातेर रोइरहेका थिए । अस्पतालको भिडियोमा परिवारहरूले आफ्ना प्रियजनहरू पहिचान गर्ने प्रयास गरिरहेको देखिन्छ । 

अर्का व्यक्तिले भने, ‘कसैसँग कुनै सम्बन्ध छैन, उनीहरू नागरिक हुन् कृपा गर  तिमीहरूले बच्चाहरूलाई मार्दै छौ, सेना वा लडाकुलाई नभई सडकमा शान्तिपूर्वक खेलिरहेका बालबालिकाहरूलाई मार्दै हुनुहुन्छ ।’

अस्पताल बाहिर, मानिसहरू प्रियजन गुमाएको पिडा सहन नसकी कराउँदै दुखका साथ  दर्जनौँ मानिसहरूले मृतकलाई गाड्नु अघि आँगनमा प्रार्थना गरेको सिएनएनले रिपोर्ट गरेको छ ।  

इजरायल र हमासबिच अक्टोबरमा युद्ध सुरु भएदेखि गाजामा दश हजार भन्दा बढी महिला मारिएको मंगलबार प्रकाशित रिपोर्टमा युएन वुमनलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ ।