Close This

यूएईमा ७५ वर्षयताकै उच्च वर्षा, रेल स्टेशन र एयरपोर्ट बन्द

बुधबार बैशाख ५, २०८१/ Wednesday 04-17-24
Paschim Today

काठमाडौं । भारी वर्षाको कारण संयुक्त अरब इमिरेट्स (युएई) को राजधानी अबुधाबी, दुबई र अल ऐन जस्ता शहरहरू डुबानमा परेका छन् । १५ अप्रिल रातिदेखि वर्षा भएको थियो । वर्षाले सडकसञ्जाल, रेल स्टेशन र एयरपोर्टहरु बन्द भएका छन् ।

साथै, सरकारी तथा नीजि कार्यालय र विद्यालयहरू बन्द गरिएका छन्। नागरिकहरूलाई घरबाट काम गर्न सरकारले भनेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अप्रिल १६ को साँझसम्म २ सय ५४ दशमलव ८ मिलिमिटर वर्षा भएको छ । जुन युएईमा ७५ वर्षयताकै उच्च वर्षा हो ।

बुधबार थप भारी वर्षा हुने त्यहाँको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बहराइन, कतार र साउदी अरबमा भारी वर्षाका कारण पनि अवस्था खराब रहेको छ । ओमानमा भारी वर्षाका कारण १८ जनाको मृत्यु भएको छ ।