Close This

हिमालयन लाइफ इन्स्योरेन्सले मृतक परिवारलाई बुझायो दावी भुक्तानी रकम

बुधबार बैशाख ५, २०८१/ Wednesday 04-17-24
Paschim Today

धनगढी: हिमालयन लाइफ इन्स्योरेन्स धनगढी शाखाले आज मृतक परिवारलाई दाबी भुक्तानी वाफतको रकम भुक्तानी गरेको छ । कम्पनीले गुराँस लाइफ इन्स्योरेन्सबाट बिमा गरेकी अत्तरिया, कैलालीकी मनोदरी देवी भट्टको रकम भुक्तानी गरेको हो ।

०८० माघ ११ गते अचानक टाउको दुखेर घरमै  मृत्युकी उनले १ लाख रुपैयाँको बीमा गरेकी थिइन् । उनको मृत्यु पछि दाबी भुक्तानी वाफतको १ लाख ५८ हजार ७ सय रुपैयाँको चेक  कम्पनीले परिवारलाई बुझाएको हो । 

कम्पनीका धनगढी शाखाका शाखा प्रमुख रामचन्द्र कुश्मीले आज बीमितका  पति धर्मराज भट्ट उपाध्यायलाई दावी भुक्तानी वाफतको चेक हस्तान्तरण गरेका हुन् ।  कुश्मीले आर्थिक सुरक्षा जो कोहीले लिनुपर्ने भएका कारण आय र आर्थिक सुरक्षाका आधारमा सामान्य परिवारका पनि सम्पूर्ण सदस्यको जीवन बीमा आवश्यक रहेको बताए । 

दावि भुक्तानी कार्यक्रममा शाखाका अपरेसन प्रमुख मोहन प्रसाद जोशी, सहायक अपरेसन प्रमुख करन पाण्डे र एजेन्सी म्यानेजर सागर कुश्मी लगायतको उपस्थिति रहेको थियो ।