Close This

कार्यवाहक अध्यक्ष रावलले विद्यार्थीलाई पोसाक दिएर मनाए जन्मदिन

बुधबार बैशाख ५, २०८१/ Wednesday 04-17-24
Paschim Today

कैलाली । नेकपा( एमाले) जानकी गाउँ कमिटीका कार्यवाहक  अध्यक्ष विजय रावलले आर्थिक स्थिति कमजोर भएका १६ जना विद्यार्थी लाई स्कुल ड्रेस हस्तान्तरण गर्दै मनाएका छन्। आफ्नो जन्मदिनमा  जानकी गाउँपालिका वडा नम्बर ९ सुकुम्वासीमा मा रहेको पारस आधारभूत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीसँग उनले मनाएका हुन् ।

जन्मदिन लाई पछिल्लो समय भड्किलो खर्च गरेर मनाइरहेको बेला उनले सामाजिक काम गरेर जन्म दिन मनाएको बताए ।   २०७४ को निर्वाचन बाट वडा सदस्यमा निर्वाचित भएपछि रावल राजनीतिसँगै समाजसेवामा पनि समर्पित छन् । 

विद्यार्थीलाई विद्यालय पोसाक दिएर जन्मदिन मनाएका रावलले भने ‘हामीजस्तो राजनीतिक र सामाजिक जीवन जिउने ब्याक्तिहरुले यस्तो कार्यको सुरुवात गर्दा अरूलाई समेत प्रेरणा जाग्ने उनको विश्वास छ।’

यस अघिका जन्मदिनमा समेत आफूले विभिन्न ठाउँमा सामाजिक कार्यमै सहयोग गर्दै आएको उनले स्मरण गरे ।साथै उनले सुकुम्वासीमा रहेका आर्थिक स्थिति कमजोर भएका दुई घरका परिवार लाई खाद्यान्न समेत सहयोग गरे।