Close This

सुनको भाउ आज तोलामा छ सय रुपैयाँले घट्यो

बिहीबार बैशाख ६, २०८१/ Thursday 04-18-24
Paschim Today

काठमाण्डौ : सुनको भाउ आज तोलामा छ सय रुपैयाँले घटेको छ । सुन आज तोलामा एक लाख ३८ हजार छ सयमा रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा एक लाख ३९ हजार दुई सय रुपैयाँ रहेको थियो । हिजोको भाउ अहिलेसम्मकै उच्च हो ।

चाँदीको भाउ भने आज १० रुपैयाँले बढेको छ । हिजो तोलाको एक हजार सात सय १५ रुपैयाँ रहेको चाँदीको भाउ आज १० रुपैयाँले बढेर तोलाको एक हजार सात सय २५ रुपैयाँ पुगेको छ ।