Close This

भजनीमा आठ कठ्ठामा लगाइएको गहुँबाली जलेर नष्ट

शुक्रबार बैशाख ७, २०८१/ Friday 04-19-24
Paschim Today

धनगढीः कैलालीमा एक जनाको गहुँबालीमा आगलागी भएको छ। जिल्लाको भजनी नगरपालिका–८ गौरचौरका टेङ्ना चौधरीको आठ कठ्ठा जमिनमा लगाइएको गहुँबालीमा आगलागी भएको हो।

विद्युत लाइन सर्ट भइ बिहीवार गहुँबालीमा आगलागी भएको जिल्ला आपतकालिन कार्य सञ्चान केन्द्र कैलालीले जनाएको छ। यस्तै, बिहीवार जोशिपुरका परशुराम चौधरीको १३ कठ्ठा जमिनमा लगाइएको गहुँबालीमा पनि आगलागी भएको थियो।