Close This

नक्कली परीक्षार्थी पक्राउ

शुक्रबार बैशाख १४, २०८१/ Friday 04-26-24
Paschim Today

काठमाडौँ- कक्षा १२ को परीक्षा दिएको आरोपमा एक जना नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार अंग्रेजी विषयको परीक्षा दिएको आरोपमा ती  परीक्षार्थीलाई काठमाडौंको ठूलो भर्‍याङबाट पक्राउ गरिएको हो।

जाजरकोटको छेडागाड नगरपालिका-५ घर भई काठमाडौं बागबजार बस्दै आएका २३ वर्षीय आदेशजंग शाहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार नागार्जुन नगरपालिका-३ ठूलो भर्‍याङस्थित रेन्बो इन्टरनेसनल कलेज परीक्षा केन्द्रमा टंकबहादुर घर्तीको परीक्षा दिएको पाइएपछि शाहीलाई पक्राउ गरिएको हो। उनले घर्तीको प्रवेश पत्रमा आफ्नो फोटो टाँस गरेर परीक्षा दिएको बताइएको छ।