Close This

चोरी मुद्धामा फरार रहेका सुमन पक्राउ

शनिबार बैशाख १५, २०८१/ Saturday 04-27-24
Paschim Today

धनगढीः चोरी मुद्धामा फरार रहेका एक जना पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–३ का सुमन ताम्राकार शुक्रवार पक्राउ परेका हुन। सुमनलाई जिल्ला अदालत कैलालीले चोरी मुद्दामा ५ दिन कैद सजाय र १ लाख ५० हजार  जरिवाना तोकेको थियो।

सजाय तोकेकै दिनबाट फरार रहेका उनलाई अस्थायी प्रहरी पोष्ट चौकीडाँडाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।