Close This

रेशम चौधरीले लेखे- छिट्टै लुम्बिनी र सुदूरपश्चिम सरकारबाट समर्थन फिर्ता लिन्छौँ 

शनिबार बैशाख १५, २०८१/ Saturday 04-27-24
Paschim Today

कैलाली । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले आफ्नो पार्टीले लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन् । 

शनिबार दिउँसो नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीसहित पार्टीका नेताहरूसँगको फोटो फेसबुकमा राख्दै संरक्षक चौधरीले छिट्टै लुम्बिनी र सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका हुन् । उनले लेखेका छन्, 'हामी छिट्टै लुम्बिनी र सुदूरपश्चिम सरकारबाट समर्थन फिर्ता लिन्छौँ ।'