Close This

नेपालीहरूलाई अब चीन जाँदा भिसा शुल्क नलाग्ने

आइतबार बैशाख १६, २०८१/ Sunday 04-28-24
Paschim Today

काठमाडौं : चीन भ्रमणमा जाने नेपाली नागरिकहरूले निशुल्क प्रवेश आज्ञा ९भिसा० पाउने भएका छन्।  नेपालीहरूले प्रवेश आज्ञा लिएवापत रकम तिर्न नपर्ने भएको हो। चिनियाँ दूतावासले नेपाली नागरिकहरूले चीन भ्रमण गर्दा निशुल्क प्रवेश आज्ञा पाउने जनाएको छ। यद्यपि निश्चित सर्भिस चार्ज भने लाग्नेछ।

चिनियाँ दूतावासका अनुसार मे १ देखि यो नियम लागू हुनेछ। नेपाल र चीनबीचको मित्रतालाई बढवा दिन निस्शुल्क भिसा प्रणाली लागू गरिएको नेपाली दूतावासले जनाएको छ।  नेपाल सरकारले भने चिनियाँ नागरिकहरूलाई १५० दिनको भिसानिशुल्क उपलब्ध गराउँदै आएको छ।

चिनियाँ दूतावासले एकल प्रवेश आज्ञा र बहु  प्रवेश आज्ञामा भिसा शुल्क नलिने जनाएको छ। दूतावासका अनुसार ६ महिना र १ वर्षको बहु प्रवेश आज्ञाको समेत शुल्क  लाग्ने छैन।