Close This

ब्रजिलमा भीषण बाढीः घरको छानामा घोडा, विमानस्थलमा डुबान

शनिबार बैशाख २९, २०८१/ Saturday 05-11-24
Paschim Today

एजेन्सी । ब्रजिलको रिओ ग्रान्डी डु सुल प्रान्तमा आएको बाढी र पहिरोका कारण धनजनको ठूलो क्षति भएको छ। प्रभावित स्थानका हजारौँ मानिस विस्थापित भएका छन् भने त्यहाँ उद्धारकार्य जारी छ।

बाढीबाट जोगिन कानोअस सहरमा एउटा घरको छानामा अलपत्र परेर उभिरहेको घोडाको तस्बिरबारे अहिले निकै चर्चा भइरहेको छ। कानोअसका नगरप्रमुखले उक्त घोडालाई उद्धार गर्न हेलिकप्टर पठाइएको बताएका छन्।

ब्रजिल सरकारले बाढीबाट प्रभावित राज्यलाई उद्धारकार्य र पुनर्निर्माणका लागि १० अर्ब डलर उपलब्ध गराउने बताएको छ। कम्तीमा १०७ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने १३० जना सम्पर्कविहीन छन्।

दुई सातादेखि उक्त राज्यको राजधानी पोर्टो अलेग्रे डुबानमा परेको छ।