Close This

बझाङ अपडेट: ६ वडा सकिँदा एमाले पहिलो कांग्रेसलाई पछि पार्दै माओवादी दोस्रोमा

आइतबार बैशाख १६, २०८१/ Sunday 04-28-24
Paschim Today

कैलाली । बझाङ १ ९१० मा भएको प्रदेशसभा उपचुनावको मतगणना जारी छ । अहिलेसम्म छबिसपाथिभेरा गाउँपालिका वडा नम्वर १, २, ३, ४, ५ र ६ को मतगणना सकिएको छ ।

अहिलेसम्म दोस्रो स्थानमा रहेको कांग्रेस तेस्रोमा झरेको छ । माओवादी दोस्रोमा उक्लिएको हो ।

६ वटा वडाको मतगणना सकिँदा एमाले उम्मेदवार दमनबहादुर भण्डारी १ हजार ५९२ पाएका छन् । माओवादी उम्मेदवार जनक बुढाले १ हजार मत ल्याएका छन् ।

कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहले ९५५ मत पाएका छन् । नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ५७७ र राप्रपाका किशोर खड्काले २० मत पाएका छन् ।