Close This

डमरु हुर्काउन कैलालीका बनमा पुग्यो पाटे बाघ  

सोमबार बैशाख २४, २०८१/ Monday 05-06-24
Paschim Today

घनश्याम पौडेल , २४ वैशाख, मसुरिया 

कैलाली, गौरीगङ्गा नगरपालिकाको मसुरिया क्षेत्रमा पाटे बाघ देखाएको छ । डमरु हुर्काउन पाटे बाघ यस क्षेत्रमा बिचरण गरिरहेको संरक्षणकर्मीले जनाएका छन् । पाटे बाघ केहि दिन यता गौरीगङ्गा नगरपालिका वडा नं ९ को हरियाली सामुदायिक वनमा बसिरहेको छ । वनमा बाख्रा चराउन गएका स्थानीय महिलाहरूले हरियाली सामुदायिक वनको राजमार्ग क्षेत्रमा बाघ देखेको सामुदायिक वनका अध्यक्ष भोजराज जोशीले जानकारी दिएका छन् ।  

बाघ समूहमा आएको छ डमरु सहितको पोथी  छ  सामुदायिक वनका अध्यक्ष जोशीले बताए ।

 उनले बसन्ता कोरिडोर अन्तरगत कैलारी गाउँपालिका देखि गौरीगङ्गा नगरपालिका र चुरे क्षेत्र सम्मका राष्ट्रिय तथा सामुदायिक वनहरूमा प्रवेश गर्दा सजगता र सावधानी अपनाउन आग्रह गरेका छन्  । 

 घोडाघोडी नगरपालिका १० आमखोईया र गौरीगङ्गा नगरपालिका ९ को बिच भागमा सानो क्षेत्रफलमा फैलिएको सो सामुदायिक वन वन्यजन्तुको लागि उपयुक्त भू-बनोट रहेकाले आहाराको उपलब्धताले पनि वडमरु सहितको बाघ आएको र केहि महिना सम्म यस क्षेत्रमा बसेर सुरक्षित स्थानमा फर्किएको समन्वय समितिका अध्यक्ष ओमप्रकाश सापकोटाले जानकारी दिए।