Close This

कैलाली र कञ्चनपुरबाट ३ लाख बढीका सामान बरामद

सोमबार बैशाख ३१, २०८१/ Monday 05-13-24
Paschim Today

धनगढीः कैलाली र कञ्चनपुरबाट ३ लाख बढीका सामान बरामद गरिएको छ। कैलालीको बिभिन्न स्थान धनगढी उपमहानगरपालिका–४ बसपार्क र गोदावरी नगरपालिका–१ धनगढी रोडबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी १ लाख ७८ हजार ३ सय मूल्य बराबरको सामान बरामद गरिएको छ।

उक्त मूल्य बराबरको वाटर पम्प (गाडीको पार्ट ), ईनभटर, बच्चाको मोजा, जेन्स मोजा, स्कुटर थान–१ लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ। यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका–१० जिमुवा जाने बाटोबाट र पुनर्वास नगरपालिका–११ डोकेबजारबाट १ लाख ४७ हजार ४८० मूल्य बराबरको सामान बरामद गरिएको छ।

कञ्चनपुरबाट लेडिज सुट, जेन्स टि–सर्ट, कपडा, कस्मेटिकका सामान, कुलर लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।