Close This

कञ्चनपुरबाट नगदसहित ६ जना जुवाडे पक्राउ

सोमबार बैशाख ३१, २०८१/ Monday 05-13-24
Paschim Today

कञ्चनपुरः कञ्चनपुरबाट नगदसहित ६ जना जुवाडे पक्राउ परेका छन्। भीमदत्त नगरपालिका–५ बनखेत स्थित शंकर दत्त भट्टले संचालन गरेको हाईवे फास्ट फुडमा जुवातास खेलिरहेको अबस्थामा सञ्चालक भट्टसहित ६ जना पक्राउ परेका हुन्।

वडा प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले फास्ट फुडमा चेकजाँच गर्दा नगद ६१ हजार २ सय र १ गड्डी ताससहित ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।