Close This

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई पदबाट हटाउन माग गरेको रिट सर्वोच्चद्वारा खारेज

सोमबार बैशाख ३१, २०८१/ Monday 05-13-24
Paschim Today

भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पदबाट हटाउन माग गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । मदिरा नीतिमा नीतिगत भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दामा प्रवर्तन निर्देशनालय ९ईडी० ले पक्राउ गरेपछि केजरीवाललाई मुख्यमन्त्री पदबाट हटाउन माग गर्दै रिट परेको हो । पक्राउ परेपछि केजरीवालले मुख्यमन्त्री पदबाट राजीनामा दिन अस्वीकार गर्नुभएको थियो ।

न्यायधीशहरू संजिव खन्ना र दीपंकर दत्ताको इजलासले दिल्ली उच्च अदालतको फैसलामा दखल पुर्‍याउन नसक्ने भन्दै रिट खारेज गरेको बीबीसी हिन्दीले जनाएको छ ।

अब केजरीवाललाई जेलमै रहेर पनि मुख्यमन्त्रीको कार्यभार सम्हाल्ने बाटो खुलेको छ । दिल्लीका उपराज्यपालले यस विषयमा निर्णय लिन सक्ने भए पनि अदालतले यस विषयमा हस्तक्षेप गर्न नसक्ने आदेशमा उल्लेख छ ।

यसअघि सर्वोच्च अदालतले चुनाव अविधिभरका लागि जमानतमा छाड्न आदेश दिएपछि केजरीवाल रिहा हुनुभएको छ । उहाँ जुन १ तारिखमा पुनः अदालतमा उपस्थित हुनुपर्नेछ ।