Close This

पश्चिम सेतीबाट उत्पादित विद्युत प्रशारणमा सम्झौता

मंगलबार जेठ १, २०८१/ Tuesday 05-14-24
Paschim Today

 राष्ट्रिय प्रशारण ग्रीड कम्पनी र भारतीय कम्पनी एनएचपीसी लिमिटेडबीच प्रशारणलाइन प्रयोग गर्ने सम्झौता भएको छ । सरकारले प्रशारण लाइन निर्माणका लागि खडा गरेको ग्रीड कम्पनीले बनाउने प्रशारणलाइनबाट बिजुली लैजान सम्झौता-पत्रमा सोमवार काठमाडौंमा एक कार्यक्रमबीच हस्ताक्षर भएको हो ।

एनएचपीसीले उत्पादन गर्ने पश्चिम सेतीको बिजुली सरकारी ग्रीड कम्पनीले बनाएको प्रशारणलाइन प्रयोग गरेर लैजाने गरी सम्झौता भएको हो । 
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सुशिलचन्द्र तिवारीको उपस्थितमा ग्रीड कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद ज्ञवाली र एनएचपीसीका महाप्रबन्धक पीसी उपाध्यायाले सम्झौतामा हस्ताक्षर गरेका छन्। दुवै आयोजनाको विकासका लागि एनएचपीसीसँग सम्झौता भएको छ ।

पश्चिम सेती ७५० मेगावाट क्षमता भएको आयोजना हो । सोही आयोजना नजिकैबाट ग्रीड कम्पनीले प्रशारणलाइन बनाइरहेको छ । ग्रीड कम्पनीकै प्रशारणलाइमा ह्वीलिङ चार्ज तिरेर बिजुली लैजाने सम्झौता भएको हो ।

पश्चिमी सेती करिडोरमा १८ सय मेगावाट परियोजना निर्माणको चरणमा रहेको छ । एनएचपीसीले दोधारा–बरेली ४०० केभी प्रशारणलाइनमार्फत भारत बिजुली लैजानेछ ।
२०७९ भदौ २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा सेती नदी र पश्चिम सेती जलविद्युत आयोजना विकासको जिम्मा एनएचपीसीलाई दिनेगरी सम्झौता भएको थियो ।