मुख्यमन्त्री सोडारीले हतारमा किन लिए शपथ ?

बिहीबार जेठ ३, २०८१/ Thursday 05-16-24
Paschim Today

धनगढी, ३ बैशाख ।
विश्वासको मत लिन सत्तागबन्धनसंग छलफल नै नगरीमा हतारमा दुई पटक बोलाएको प्रदेश सभाको बैठक स्थगित गरेका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले हतारमै आज शपथ लिए ।

मुख्यमन्त्री सोडारीले किन आज ? किन बिहान १०ः३० नै ? हतारमा विश्वासको मत लिने निर्णय गरे ।  विश्वासको मत लिन अझै उनलाई एक दिन थप सुबिधा थियो । बैशाख ६ गते मुख्यमन्त्रीको शपथ लिएका मुख्यमन्त्री सोडारीलाई बैशाख महिना ३१ दिनको भएका कारण जेठ ४ गते(३० दिनसम्म) विश्वासको मत लिने सुबिधा थियो । उनी किन अन्तिम दिन सम्म कुर्न सकेनन ?

जानकारहरु भन्छन्, सोडारीको मुख्यमन्त्री नियुक्ति असंबैधानिक भएको भन्दै त्यसलाई बदरको माग सहित नागरिक उन्मुक्तिका ससंदीय दलका नेता सहित पाँच जना प्रदेश सभा सदस्यद्धारा सर्बोच्च अदालतमा दायर गरेको मुद्दाको पेशी जेठ ३ गते(आज) तोकिएको थियो ।

आज साँझसम्म सो मुद्दाको फैसला आउने अनुमान गरिएको छ । फैसला आफ्नो बिपक्षमा आउन सक्ने संभावना देखेका सोडारी त्यो फैसलाभन्दा अघि नै विश्वासको मत लिन चाहन्थे ।

त्यही कारण थप एक दिन रोक्न सकेनन । र, आज पनि साँझसम्म रोकिन सकेनन । सामान्य तया विश्वासको मत अथवा कुनै महत्वपूर्ण निर्णय गर्दा प्रदेश सभाको अन्तिम समय ५ बजेसम्म पर्खिने वा त्यो समय कुर्ने प्रचलन छ । एमालेका एक नेताले भने, त्यही कारण सोडारी आज साँझ ५ बजेसम्म पनि कुर्न सकेनन ।

यसअघि विश्वासको मत नदिने एमालेको अडानका कारण दुई पटक प्रदेश सभाको बैठक स्थगित गरेको सोडारीले आज नेपाली काँग्रेस र नागरिक उन्मुक्तिलाई बाहिर राखेर २८ जनाको समर्थनमा विश्वासको मत लिए ।