निको आँखा केन्द्रको आँखा स्वास्थ्य चेकजाँच शिविर सम्पन्न 

बिहीबार जेठ ३, २०८१/ Thursday 05-16-24
Paschim Today

पश्चिम टुडे, धनगढी ३ जेठ । 
निको आँखा केन्द्र धनगढीको आयोजना तथा विद्या भुषण पब्लिक स्कुल मोहनपुर, धनगढीको सहकार्यमा आँखा स्वास्थ्य चेकजाँच शिविर सम्पन्न विहिवार सम्पन्न भएको छ । 


आँखा स्वास्थ्य चेकजाँच शिविरमा विद्या भुषण पब्लिक स्कुलमा अध्ययनरत ६ सय ५० जना विद्यार्थीको आँखा चेकजाँच गरिएको थियो । आँखा जाँच गरिएका विद्यार्थीबाट ४३ जना बालवालिकामा दृष्टि दोष र १ जनामा डेढो आँखापनको समस्या देखिएको निको आँखा केन्द्र धनगढीका संचालक दृष्टि विशेषज्ञ विपिन चन्दले बताए । 


विद्यालयमा आँखा चेकजाँच गर्दा आँखा सम्बन्धी विभिन्न समस्याहरु देखिएका वालवालिकालाई निको आँखा केन्द्र धनगढी र नजिकको आँखा अस्पतालमा रिफर गरिएको स्कुलका प्रिन्सिपल डिकेन्द्र कुँवरले जानकारी दिए ।


अहिले स–साना वालवालिकाहरुमा पनि आँखा सम्बन्धी विभिन्न समस्याहरु देखा पर्दै आएकाले सम्पूर्ण अभिभावहरुले समयमै नजिकको आँखा उपचार केन्द्र, आँखा अस्पतालहरुमा आफ्ना नानी बाबुहरुको एकपटक अनिवार्य रुपमा आँखा चेकजाँच गर्न हुन निको आँखा केन्द्रका संचालक दृष्टि विशेषज्ञ विपिन चन्दले आग्रह गरेका छन् ।