Close This

कञ्चनपुरका  पूर्व पत्रकार धीरेन्द्र सिनालको कृति भुक्तमान सार्वजनिक

आइतबार जेठ १३, २०८१/ Sunday 05-26-24
Paschim Today

कञ्चनपुरका पूर्व पत्रकार धीरेन्द्र सिनालले लेखेको पुस्तक भुक्तमान आज सार्वजनिक गरिएको छ । काठमाण्डौंको बुकमण्डलामा आज एक कार्यक्रमकाविच पूर्व स्वास्थ्य राज्यमन्त्री तथा सांसद डा.तोशिमा कार्की र डा। अनुप सुवेदीले पुस्तकको समीक्षा गर्दै पुस्तकलाई सार्वजनिक गरेका हुन् । नेपालको स्वास्थ्य सेवामा आम नागरिकको पहुँच कति कठिन छ भन्ने कुरालाई मुख्य रुपमा उठाएको पुस्तकका लेखकले आफ्नै जीवनमा घटेका घटनाहरूको फेहरिस्त मार्फत राज्यको अनुहार देखाइएको छ ।  

पुस्तकको बारेमा आफ्ना धारणा राख्दै सांसद, डा। तोशिमा कार्कीले यो पुस्तक नेपालका सबै चिकित्सक, नीति निर्माता र हरेक श्रीमानले पढ्नै पर्ने बताइन्   नीति बने पनि त्यसलाई कार्यान्वयन गर्न राज्य चुकेकोले धेरै भुक्तमानको कथा यो पुस्तकमा समेटिएका उनको भनाइ थियो । आफू एउटा डाक्टर पनि भएकोले यस पुस्तकले उठाएको विषयवस्तुलाई निकै नजिकबाट बुझ्न सकेको उनले बताइन् ।  यस्तै डा। अनुप सुवेदीले पनि यसले चिकित्सकहरूलाई फरक रुपमा व्यवहार गर्न सिकाएको बताउँदै, चिकित्सा शिक्षामा, मेडिसिनको साथै मानविकी पनि अध्यापन गराउनु पर्ने र त्यसको लागि भुक्तमान एउटा सन्दर्भ सामग्री हुने सक्ने बताए ।

यो पुस्तक किन लेख्नु भयो भनेर गरिएको प्रश्नमा पुस्तकका लेखक धीरेन्द्र सिनालले राज्यको गैर जिम्मेवारी र अकर्मण्यता कारण आफूले बच्चा, श्रीमती र बुवालाई गुमाएकोले राज्यसँग प्रश्न सोध्न पुस्तक लेखेको बताए । उनले सरकार स्वमंले पनि स्वास्थ्यको व्यापार गरेको औल्याउदै, सरकारले भनेका निःशुल्क स्वास्थ्य सेवाको कार्यान्वयनमा हुने प्रक्रियागत झमेला र प्रभावकारीतामा प्रश्न उठाए । नेपालमा महिलाको स्वास्थ्य उपचार अहिले पनि दोस्रो प्राथमिकतामा पर्ने सामाजिक यर्थातलाई औल्याउदै, प्रत्यारोपण जस्तो सेवाको तथ्याङ्क देखाउँदै, ८० प्रतिशत भन्दा बढी पुरुषले अङ्ग प्रत्यारोपण गर्दा २० प्रतिशत मात्र महिलाको प्रत्यारोपण हुने तथ्य प्रस्तुत गरे। यसको लागि सरकारले जनचेतनाका कार्यक्रम अगाडी बढाओस् भन्ने समेत उनले आग्रह गरे ।

साङ्ग्रिला बुक्लसले प्रकाशन गरेको भुक्तमान पुस्तकका लेखक धीरेन्द्र सिनालले केही समय पहिले श्रीमती गुमाएका थिए ।