कैलाली बहुमुखी क्याम्पसमा २० गतेदेखि गर्मी बिदा
बिहीबार जेठ १७, २०८१/ Thursday 05-30-24
Paschim Today
धनगढी: धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसले गर्मी बिदा दिने निर्णय गरेको छ। धनगढीमा गर्मी अत्यधिक रुपमा बढेर पठनपाठनमा समस्या आएपछि बिदा दिइएको हो।
क्याम्पसका सहायक क्याम्पस प्रमुख डा. लोकबहादुर बिष्टले जेठ २० गतेदेखि असार १० सम्म गर्मी बिदा रहने जानकारी दिए। उनका अनुसार बिदा अवधिमा प्रशासन भने खुलै रहने छ।
तपाईको प्रतिक्रिया