गृहमन्त्रीलाई शाहीको प्रश्न- देश ठूलो कि जीबी राई ?
मंगलबार जेठ २९, २०८१/ Tuesday 06-11-24
Paschim Today
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेले अपेक्षित काम गर्न नसकेको बताएका छन् ।
मङ्गलबार जारी प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै शाहीले यस्तो बताएका हुन् । पुराना दलहरूले काम गर्न सकेनन् भनेर निर्वाचित भएर आएका गृहमन्त्री लामिछानेले काम गर्न नसक्दा जनता निराश भएको उनले बताए ।
“आकाशमा भएपनि, पातालमा भएपनि खोजेर जीबी राई ल्याउँछु भन्ने गृहमन्त्री किन चुपचाप ? आज दिनमा देश ठूलो कि जीबी राई ठूलो हो ?,” शाहीले भने ।
उनले गिरीबन्धु टी-स्टेटको फाइल कहिले खोलिन्छ भनेरसमेत प्रश्न गरे । “यो संसद्मा हामी सुन्न आतुर छौँ गिरीबन्धु टी-स्टेटको फाइल कहिले खोलिन्छ ? मेलम्ची, वाइडबडी कहिले ?,” शाहीले सोधे ।
तपाईको प्रतिक्रिया