Close This

चैतन्यका सिईओ जोशीद्धारा विद्यार्थीहरुलाई झोला वितरण

मंगलबार जेठ २९, २०८१/ Tuesday 06-11-24
Paschim Today

डोटी, २९ जेठ ।
चैतन्य ईन्स्टिच्युट अफ म्यानेजमेण्ट काठमाण्डौं तथा चैतन्य पाठशाला धनगढीका प्रमुख कार्यकारी अधिकृत गणेश प्रसाद जोशीले डोटीको बोगटान फ्डसिल गाउँपालिकाको एक विद्यालयका विद्यार्थीहरुलाई झोला वितरण गरेका छन् ।

जोशीले मंगलवार एक कार्यक्रमका बीच डोटीको बोगटान फ्डसिल गाउँपालिका -२ किपालाको सरस्वती आधारभूत विद्यालय किपालाका विद्यार्थीहरुलाई झोला वितरण गरेका हुन् ।

चैतन्य ईन्स्टिच्युट अफ म्यानेजमेण्ट काठमाण्डौं तथा चैतन्य पाठशालाका तर्फबाट सामाजिक उत्तरदायीत्व बहन गर्दै जोशीले सामुदायीक विद्यालयहरुको शैक्षिक गुणस्तर बृद्धिका लागि बिभिन्न किसिमका सहयोग गर्दै आएका छन् ।

दुर्गम भेगका बिपन्न समुदायका बालबालिकाहरुलाई नियमित रुपमा विद्यालय जान उत्प्रेरित गर्ने उद्देश्यले झोला वितरण गरिएको जोशीले बताए ।