कञ्चनपुरमा भन्सार छलीका सामान बरामद

आइतबार श्रावण ६, २०८१/ Sunday 07-21-24
Paschim Today

कञ्चनपुरः कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ।

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले करिब एक लाख २ हजार, अस्थायी प्रहरी पोष्ट बन्साहले करिब १० हजार पाँच सय र अस्थायी बिट मझगाउँले करिब ८ हजार ४२० गरेर एक लाख २० हजार ९२० मुल्यको पेय पदार्थ, एक थान साइकल, भेस्ट, बिडी, सलाई र प्लाष्टिकको डोरी बरामद गरिएको प्रहरीले जनाएको छ।