घट्यो सुनचाँदीको मूल्य

शुक्रबार श्रावण ११, २०८१/ Friday 07-26-24
Paschim Today

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार सुन तोलाको ३ सयले घटेर एक लाख ४४ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि विहिबार सुनको मुल्य तोलाको १ लाख ४५ हजार रहेको थियो ।  त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजारमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज प्रतितोला २० रुपियाँ घटेर तोलाको १७३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।