अमेरिकामा नेपालीले खोले युएनप्याक, एड्रिन बने अध्यक्ष

शुक्रबार श्रावण ११, २०८१/ Friday 07-26-24
Paschim Today

अमेरिका : अमेरिकामा रहेका प्रवासी नेपालीहरूको अगुवाइमा युनाइटेड नेपाली पोल्टिकल एक्सन कमिटी (युएनप्याक)संस्था दर्ता भएको छ । भर्जिनिया- १० बाट डेमोक्रेटिक पार्टीबाट युएस कंग्रेसमा उम्मेदवार भइसकेका नेपालीमुलका अमेरिकन एड्रीन पोखरेलको नेतृत्वमा उक्त संस्था अमेरिकी सरकारमा दर्ता भएको हो ।

 

‘नेपाली अमेरिकी समुदायलाई एकतावद्ध र सशक्त्त बनाइ उनीहरूको राजनीतिक चासोहरूको पैरवी गर्नु र राजनीतिक प्रक्रियामा ठूलो संलग्नता सुनिश्चित गर्नु हो,'पोखरेलले भने, ‘यसले अमेरिकामा नेपाली प्रवासीले सामाना गर्ने विशिष्ट चुनौतीहरूलाई सम्बोधन गरी अमेरिकाको स्थानीय र केन्द्रीय राजनीतिमा उनीहरूको आवाजलाई सुनिश्चित गर्ने काम गर्नेछ।'

प्रवासी नेपालीहरूको संलग्नतामा खुलेको यो संस्था अमेरिकाकै पहिलो नेपाली पोलिटिकल एक्सन कमिटी हो । युएनप्याकको कार्यालय ८८३५ क्यालबेरा कोर्ट, गेन्सभिल, भर्जिनिया २०१०५ मा रहेको छ । यस संस्थाको कोषाध्यक्षमा सबिना अर्याल रहेकी छन्।

एड्रीन  नेपालमा जन्मिएर अमेरिकी सेनामा १४ वर्ष सेवा गरी क्याप्टेनबाट अवकास प्राप्त व्यक्ति हुन्। उनी अमेरिकाकै अति महत्वपूर्ण संस्था नेशनल सेकुरेटी एजेन्सी(एनएसए) मा तीन वर्ष र सेन्टल इन्टिलिजेन्स एजेन्सी (सिआईए) मा ६ वर्ष अफिसर भइ काम गरिसकेका छन् ।