हैजा र दादुरा–रुवेला निवारणका लागि सामाजिक विकास मन्त्रालयले परिचालन गर्‍यो द्रुत प्रतिकार्य टोली

शुक्रबार श्रावण ११, २०८१/ Friday 07-26-24
Paschim Today

धनगढी– कैलालीमा हैजा र कञ्चनपुरमा दादुरा–रुबेलाका विरामी फेला परेपछि द्रुत प्रतिकार्य टोली परिचालन गरिएको छ।
आज (शुक्रबार) सामाजिक विकास मन्त्री ओमविक्रम भाट (सरल)को अध्यक्षतामा बसेको बैठकले सम्बन्धित स्थानीय तहसंग सहकार्य गरेर हैजा र दादुरा–रुबेला निवारणका लागि टोली परिचालन गरिएको हो।

संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य कार्यालय र स्थानीय तहको एक टोली बनाई सम्बन्धित स्थानीय तहमा टोली परिचालन गरिएको मन्त्रालयका प्रवक्ता हेमराज खडकाले बताए। उनले भने –‘हैजा र दादुरा रुवेला देखिएका स्थानीय तहमा निवारणका लागि टोली परिचालन भइसकेको छ।’

स्वास्थ्य कार्यालयका अनुसार पशुपति टोलका २३ र २६ वर्षीय दुई युवकमा हैजा पुष्टि भएको थियो भने एक बालिकामा पनि हैजाको शंका रहेको तर पुष्टि हुन सकेको थिएन।

 

 

 

यस्तै शुक्लाफाँटा नगरपालिका ११ मा बस्दै आएका अन्दाजी एक वर्ष ४ महिना र नौ वर्षका बालकमा दादुरा रुवेला पुष्टि भएको थियो।