भीरबाट खसेको ढुंगा लागेर तीन जना घाइते

शुक्रबार श्रावण ११, २०८१/ Friday 07-26-24
Paschim Today

दार्चुला : दार्चुलामा भीरबाट खसेको ढुंगा लागेर तीन जना घाइते भएका छन् । बिहीबार साँझतिर मालिकार्जुन गाउँपालिका–७ पन्तलीमा भीरबाट खसेको ढुंगा लागेर तीन जना घाइते भएको प्रहरिले जनाएको छ ।

घाइते हुनेमा स्थानीय ७१ वर्षीय गंगा धामी, १२ वर्षीया ईश्वरी धामी र ९ वर्षीय आयुष धामी रहेका छन् । ईश्वरी र आयुषको अवस्था सामान्य रहेको र गंगालाई भने थप उपचारका लागि धनगढी पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।