‘जेरीः अन टप’ को सुटिङ भारतको लद्दाखमा पनि गरिने

सोमबार श्रावण १४, २०८१/ Monday 07-29-24
Paschim Today

काठमाडौं । अनमोल केसी स्टारर फिल्म ‘जेरीः अन टप’ को छायाङ्कन भारतको लद्दाखमा पनि हुने भएको छ।

 

फिल्मका निर्माता सरोज न्यौपानेले फिल्मको केही दृश्यको सुटिङ गरिने जानकारी दिए। 

यतिखेर फिल्मको निर्माण टिम लोकेशन हन्टिङको लागि लद्दाख पुगेको छ।

 

 

अभिनेता केसीसहित निर्माता न्यौपाने र फिल्मका निर्देशक सुयोग गुरुङ लद्दाख पुगेका हुन्। शुक्रबार बेलुकी सो टिम लद्दाख उडेको थियो। 

उनीहरूले लद्दाखका रमणीय दृश्यसहितका तस्बिरहरू फेसबुकमा सेयर गरेका छन्। 

यस फिल्ममा अनमोलसहित जसिता गुरुङ र आँचल शर्मा मुख्य भूमिकामा छन्।

यतिखेर फिल्मको प्रि–प्रोडक्सनको काम धमाधम चलिरहेको छ। यो फिल्म फागुन २ गतेबाट रिलिज हुने पक्का भइसकेको छ।