नेपाललाई १३ स्वर्ण र ९ रजत पदक
काठमाडौँ । छैटौँ सिंगापुर अन्तर्राष्ट्रिय उसु च्याम्पियनशिप (फेस्टिवल) मा १३ स्वर्ण र ९ रजतसहित टिम दोस्रो भई स्वदेश फर्किएका खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषद्ले सम्मान गरेको छ ।
परिषद्का निमित्त सदस्य सचिव अन्जन धमलाले खेलाडीहरूलाई बधाई दिएका हुन् । प्रशिक्षक विशाल थापाको नेतृत्वमा १२ जनाको टोली सिंगापुर गएको थियो । च्याम्पियनशिपमा थापाले उत्कृष्ट प्रशिक्षकको पुरस्कार प्राप्त गरेका छन् ।
खेलाडीहरूलाई बाधाई दिँदै धमलाले खेलाडीहरूको उच्च प्रर्दशनले नेपालीको शान बढेको बताए । विभिन्न विधामा खेलाडीहरू अलिस मारिकले ३ र हिमांशु खड्काले २ वटा स्वर्ण ल्याएका छन् भने सफल पाठक, भावेश खड्का, समिर बस्नेत, रिदम गोलेले १÷१ वटा स्वर्ण पदक प्राप्त गरेका छन् ।
यस्तै, वविता थापामगरले २, अपेक्षा लामा र यान्चेन्ला इलावाले एक÷एक स्वर्ण प्राप्त गरेको प्रशिक्षक विशाल थापाले जानकारी दिएका छन् । यस्तै, सफल पाठक, समिर बस्नेत,रिदम गोलेले १÷१ रजत पदक प्राप्त गर्न सफल भएका हुन् । यस्तै, सेरिना पराजुली र फुर्पीग्याल्मो तामाङले २÷२ तथा यान्चेन्ला इलावा र ग्रुप इभेन्टमा १÷१ रजत पदक प्राप्त भएको उसु महासंघका महासचिव नवराज ढुंगानाले बताए ।
तपाईको प्रतिक्रिया