पेरिस ओलम्पिकमा १० स्वर्ण जितेर चीनको अग्रता, ३० पदक विजेता अमेरिका छैठौं स्थानमा
एजेन्सी । पेरिस ओलम्पिक २०२४ मा अहिलेसम्म जितेका स्वर्ण पदकका आधारमा चीन अग्रस्थानमा उक्लिएको छ । चीनले १० स्वर्ण पदक जितिसकेको छ । यसबाहेक ७ रजत र ३ कास्य गरी कुल २० पदकका साथ मेडल टेबलमा चीनले आफूलाई पहिलो स्थानमा चढाएको हो ।
दोस्रो स्थानमा फ्रान्सले ८ स्वर्ण जितेको छ । सातौं स्थानमा रहेको अमेरिकापछि सबैभन्दा बढी रजत पदक फ्रान्सको नाममा छ । १० रजत र ८ कास्यसहित कुल २६ पदक जितेर फ्रान्स दोस्रो स्थानमा फर्किएको हो । मंगलबारसम्म फ्रान्स जापानपछि दोस्रो स्थानमै थियो ।
तीन दिनसम्म पहिलो स्थान ओगटेको जापान अहिले तेस्रो स्थानमा झरेको छ । ८ स्वर्ण, ३ रजत र ४ कास्यसहित जापानले कुल १५ पदक जितेको छ ।
७ स्वर्ण, ६ रजत र ३ कास्य जितेको अस्ट्रेलिया चौथो स्थानमा छ । ६ स्वर्ण, ६ रजत र ५ कास्य जितेको बेलायत पाँचौँ, ६ स्वर्ण, ३ रजत र ३ कास्यसहित १२ पदक जितेको दक्षिण कोरिया छैठौं र ५ स्वर्ण, १३ कास्य र १२ रजत गरी कुल ३० पदक जितेको अमेरिका छैठौं स्थानमा छ ।
तपाईको प्रतिक्रिया