निको आँखा केन्द्रको आँखा स्वास्थ्य चेकजाँच शिविर सम्पन्न
पश्चिम टुडे, धनगढी २० भाद्र ।
निको आँखा केन्द्र धनगढीको आयोजना तथा कैलाली मोडेल माध्यामिक विद्यालय धनगढीको सहकार्यमा आँखा स्वास्थ्य चेकजाँच शिविर बुधबार सम्पन्न भएको छ ।
आँखा स्वास्थ्य चेकजाँच शिविरमा विद्यालयमा अध्ययनरत १ हजार १ सय विद्यार्थीको आँखा चेकजाँच गरिएको स्कुलका प्रिन्सिपल तपेन्द्र सिंहले बताए ।
आँखा जाँच गरिएका विद्यार्थीबाट सय भन्दा बढी बालवालिकामा दृष्टि दोष र २ जनामा डेढो आँखापन लगायतको विभिन्न आँखा रोगको समस्या देखिएको निको आँखा केन्द्र धनगढीका संचालक दृष्टि विशेषज्ञ विपिन चन्दले बताए ।
विद्यालयमा आँखा चेकजाँच गर्दा आँखा सम्बन्धी विभिन्न समस्याहरु देखिएका वालवालिकालाई निको आँखा केन्द्र धनगढी र नजिकको आँखा अस्पतालमा रिफर गरिएको विद्यालयले जनाएको छ ।
कैलाली मोडेल माध्यामिक विद्यालय धनगढीमा संचालन गरिएको आँखा चेकजाँच शिविरमा दृष्टि विशेषज्ञहरु विपिन चन्द र योगिता शाहीले आँखा चेकजाँच गरेका थिए ।
अहिले स–साना वालवालिकाहरुमा पनि आँखा सम्बन्धी विभिन्न समस्याहरु देखा पर्दै आएकाले सम्पूर्ण अभिभावहरुले समयमै नजिकको आँखा उपचार केन्द्र, आँखा अस्पतालहरुमा आफ्ना नानी बाबुहरुको एकपटक अनिवार्य रुपमा आँखा चेकजाँच गर्न हुन निको आँखा केन्द्रका दृष्टि विशेषज्ञ योगिता शाहीले आग्रह गरेकी छिन् छन् ।
तपाईको प्रतिक्रिया