रोनाल्डोको कीर्तिमानी गोलमा पोर्चुगल विजयी

शुक्रबार भदौ २१, २०८१/ Friday 09-06-24
Paschim Today

पोर्चुगलले यूइएफए नेसन्स लिगमा विजय हासिल गरेको छ । कप्तान क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी गोलको मद्दतमा पोर्चुगलले क्रोएसियालाई २–१ ले पाखा लगाएको हो । 

बिहीबार राति भएको खेलमा रोनाल्डोले आफ्नो खेल क्यारियरकै ९०० औं गोल गरे । पोर्चुगलको जितमा रोनाल्डोसँगै डियोगो डालोटले एक गोल गरे । यससँगै ३९ वर्षीय रोनाल्डोको नाममा अन्तर्राष्ट्रिय पुरुष फुटबलमा १३१ गोलको कीर्तिमान बनेको छ । 

फुटबल करिअरमा  क्लब र देशका लागि ९०० गोल गर्ने उनी पहिलो खेलाडीसमेत बनेका छन्। जितसँगै पोर्चुगलले तीन अंक जोडेको छ ।