'boAt'को व्यापारमा ४ गुणाले वृद्धि, नयाँ प्रिमियम अडियो र लाइफस्टाइल उत्पादनहरू सार्वजनिक

शुक्रबार भदौ २१, २०८१/ Friday 09-06-24
Paschim Today

 काठमाडौं । भारतको नम्बर १ अडियो र वेयरेबल ब्राण्ड 'boAt' ले नेपाली बजारमा उल्लेखनीय सफलता हासिल गर्दै आफ्नो व्यापारमा ४ गुणाले वृद्धि गरेको छ। २०७९ फाल्गुनमा नेपाली बजारमा प्रवेश गरेको दयब्तले दुई वर्षमै आफ्नो आय दोब्बर बनाएको छ। नेपाली बजारको लागि टेलिटक प्राइभेट लिमिटेडसँग सहकार्य गर्दै आएको दयब्तले, प्रिमियम अडियो र लाइफस्टाइल उत्पादनहरू प्रस्तुत गरेर आफ्नो बजार नेतृत्वलाई अझ मजबुत बनाएको छ। 

नेपालमा प्रवेश गरेदेखि नै, 'boAt'ले प्रमुख अडियो र वेयरेबल ब्राण्डको रूपमा आफ्नो स्थान सुरक्षित गरेको छ। पछिल्ला दुई आर्थिक वर्षमा, यो ब्राण्डले ब्राण्ड भ्यालुमा पहिलो स्थान ओगट्न सफल भएको छ भने भोल्युमको आधारमा दोस्रो स्थानमा छ। 

ग्राहकहरूलाई उत्कृष्ट सेवाहरू प्रदान गर्दै, 'boAt'ले आफ्नो उत्पादनहरू देशभर १,००० भन्दा बढी रिटेल र मोबाइल पसलहरूमा उपलब्ध गराएको छ। साथै, ई–कमर्स प्लेटफर्म दराजमा समेत यसको उत्पादनहरू ८०५ भन्दा बढी ४ स्टार रेटिङ पाएको छ। 

'boAt'ले भाद्र २० देखि २६ सम्म दराजमा 'ब्राण्ड वीक सेल' आयोजना गर्दै ७०५ सम्मको छुटमा आफ्ना प्रिमियम उत्पादनहरू उपलब्ध गराउने योजना बनाएको छ। यस अवधिमा ग्राहकहरूले नवीन र किफायती मूल्यमा अडियो गियर, स्मार्टवाच र पावरबैंक जस्ता उत्पादनहरू खरिद गर्न सक्नेछन्।

कम्पनीका प्रवक्ताले भने, 'नेपालमा हाम्रो यात्रा उल्लेखनीय रूपमा सफल रह्यो, र हामी उपभोक्ताहरूलाई उच्च गुणस्तरीय उत्पादनहरू उपलब्ध गराउन प्रतिबद्ध छौं।'