डोटीमा माइती जान लागेकी महिलाको पहिरोमा परेर मृत्यु, बालिका घाइते

शनिबार भदौ २२, २०८१/ Saturday 09-07-24
Paschim Today

डोटी । डोटीमा पहिरोमा परेर एक महिलाको मृत्यु भएको छ । माइती जाने क्रममा आदर्श गाउँपालिकामा  पहिरोमा परेर एक जना महिलाको मृत्यु भएको छ । साथै एक बालिका घाइते भएकी छन् ।

आदर्श गाउँपालिका–३ उन्ने ओडार भन्ने ठाउँमा माथिबाट आएको पहिरोमा परि सोही वडाको आगरकी ६१ वर्षीया कौमती देवी ऐरको मृत्यु भएको वडा अध्यक्ष दीपेन्द्र प्रसाद पाठकले जानकारी दिए । वडा अध्यक्ष पाठकका अनुसार कौमती सँगै रहेकी मृतककी करिब १२ वर्षीया नातिनी भुवनेश्वरी ऐर घाइते भएकी छन् ।

कौमतीको आफ्नी नातिनी सहित आदर्श गाउँपालिका–६ सवखोला जानेक्रममा शनिवार बिहान ११ बजेतिर बाटो माथिबाट आएको पहिरोमा परि मृत्यु भएको हो ।