कैलाली विद्या निकेतनले २५ औ स्थापना दिवसमा सामग्री प्रदान

सोमबार भदौ ३१, २०८१/ Monday 09-16-24
Paschim Today

कैलाली विद्या निकेतन धनगढीले आफ्नो २५ औं स्थापना दिवसको अवसरमा एक समारोहका बिच दृष्टि फाउन्डेसन धनगढीलाई खाद्य सामग्री तथा स्टेशनरी प्रदान गरेको छ ।

सहारा विहीन महिलाहरू एवम् अनाथ बालबालिकाको आश्रय स्थल बन्दै आएको दृष्टि फाउन्डेसनमा हाल ६१ जना महिला र १६ जना बालबालिका आश्रित रहेका छन् । वि.स.२०५६ सालमा स्थापना भएको कैलाली विद्या निकेतनमा हाल कक्षा नर्सरी देखि कक्षा १० सम्म अध्यापन हुन्छ ।

विद्यालयका संस्थापक प्रिन्सिपल टोपेन्द्र शाहले विद्यालय २५ औ वसन्त प्रवेश गरेको यो शुभ अवसरमा विद्यालयलाई स्थापना काल देखि हालसम्म अनवरत रुपमा योगदान पुर्‍याउनु भएका संस्थापक, संचालक, विद्यालय व्यवस्थापन समिति, अभिभावक, शुभचिन्तक,समाजसेवी, शिक्षक शिक्षिका, विद्यार्थी सबैमा आभार प्रकट गरे ।

प्रिन्सिपल शाहले यस बर्ष रजत बर्ष पनि भएकोले विद्यालयले आन्तरिक सदनात्मक प्रतियोगिता, तहगत प्रतियोगिताका अतिरिक्त अन्तर विद्यालय स्तरीय विविध विधाका प्रतियोगिता,पूर्व विद्यार्थी मिलन कार्यक्रम सहित भव्यताका साथ यस बर्ष रजत जयन्ती मनाउने जानकारी दिए । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) सदस्य विद्यालय समेत रहेको कैलाली विद्या निकेतन यस क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको उत्कृष्ट विद्यालयको रुपमा पर्दछ ।