नेपालमा एक वर्षमा सात हजार २२३ जनाले गरे आत्महत्या
काठमाडौँ, भदौ २३ गते। नेपालमा आर्थिक वर्ष २०८०र०८१ मा सात हजार २२३ जनाले आत्महत्या गरेका छन् । आइतवार विश्व आत्महत्या रोकथाम दिवसको उपलक्ष्यमा काठमाडौंमा आयोजित कार्यक्रममा सो तथ्यांकबारे जानकारी गराइएको हो।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। यदुचन्द्र घिमिरेले नेपालको हकमा गत आर्थिक वर्ष २०८०र०८१ मा ७ हजार २२३ जनाले आत्महत्या गरेको बताउनुभयो।
उहाँले नेपालमा सरदर दिनमा २० जनाले आत्महत्या गर्ने गरेको तथ्यांकले देखाएको बताउनुभयो। एसडिजीको लक्ष्य ४।७ मा झार्ने भए पनि आत्महत्याको दर झनै बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो।
नेपालमा वयस्कमा ६।५ प्रतिशत र ३।९ प्रतिशत किशोरकिशोरीले आत्महत्या गर्ने सोच राख्ने गरेको र १५ देखि ४५ वर्षका प्रजनन उमेर समूहका महिलाको मृत्युको पहिलो कारण आत्महत्या रहेको बताउनुभयो।
उनकाअनुसार आत्महत्याका धेरै कारणमध्ये बायोलोजिकल कुरा, मानसिक रोग, फिजिकल, साइकोसोसियल, साइकोलोजिकल कारण रहेको बताए। त्यस्तै सामाजिक, सांस्कृतिक र आर्थिक कारणले पनि आत्महत्या गर्ने गरेको बताए।
विश्वमा मृत्युका कारणमध्ये आत्महत्या १५ औं कारण रहेको बताए। विश्वमा वार्षिक सात लाख मानिस आत्महत्याको कारणले मृत्यु वरण गर्ने तथ्यांक रहेको छ।
विश्वमा हरेक ४० सेकेण्डमा एक मानिसले आत्महत्या गर्ने गरेको तथ्यांक रहेको उहाँले बताउनु भयो। विश्वमा ७७ प्रतिशत आत्महत्याका घटनाहरु अति कम र मध्यम आर्थिक अवस्था भएका देशमा हुने गरेका छन्। साउथ इस्ट एशियामा मात्रै ३९ प्रतिशत रहेको छ। यस वर्ष ‘आत्महत्या दिवसबारे संवाद शुरु गरौँ, दृष्टिकोण बदलौं भन्ने नारासहित’ विश्व आत्महत्या रोकथाम दिवस मनाइँदै छ ।
तपाईको प्रतिक्रिया