धनगढीमा मोहना नदीले बगायो सशस्त्र प्रहरीको बीओपी भवन

शनिबार भदौ २९, २०८१/ Saturday 09-14-24
Paschim Today

२९ भदौ, धनगढी । धनगढीमा मोहना नदीले सशस्त्र प्रहरीको बीओपीको भवन बगाएको छ ।

शुक्रबार राति वर्षासँगै आएको मोहना नदीको बाढीले धनगढी उपमहानगरपालिका–१९ लल्लिपुरमा रहेको सशस्त्र प्रहरीको बिओपीका तीनमध्ये दुईवटा नयाँ भवन बगाएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी पदमबहादुर बिष्टले मोहना नदीको बाढीले बीओपी भवन बगाएपछि बिओपीलाई सामुदायिक भवनमा सारिएको जानकारी दिए ।

उनकाअनुसार नयाँ भवन बाढीले बगाएको र पुरानो भवन समेत जोखिममा रहेको छ ।

बाढीले बीओपी भवन बगाएको सूचनापछि जिल्ला प्रहरी कार्यालयका प्रहरी वरिष्ठ नायब निरीक्षक खेमराज पन्त नेतृत्वको प्रहरी टोली खटिएको छ ।