बझाङ केन्द्रविन्दु भएर भूकम्प गयो

बुधबार असोज २, २०८१/ Wednesday 09-18-24
Paschim Today

बझाङ : बझाङमा भूकम्प गएको छ। बुधबार बिहान १० बजेर ८ मिनेट जाँदा भूकम्पको धक्का महशुस भएको छ । खप्तडछान्ना गाउँपालिका वडा नम्बर ३ माझिगाउँ  आसपास केन्द्रबिन्दु बनाएर ४ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको हो । 

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बझाङको माझिगाउँ दक्षिणतर्फ केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । यसअघि मष्टा गाउँपालिकाको मासदेव मन्दिर र खप्तडछान्नाकै गडराय केन्द्र बनाएर दुइवटा भूकम्पका धक्का महशुस गरिएको थियो । पटक पटकको भूकम्प जाँदा बझाङबासी त्रसित भएका छन् ।