नेप्सेको ओरालो यात्रा कायमै, ५७ अङ्कले घट्दा ७ अर्बको कारोबार

सोमबार भदौ ३१, २०८१/ Monday 09-16-24
Paschim Today

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से) ५७ अङ्कले घटेर २५ सयको विन्दुमा झरेको छ ।

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ५७.०३ अङ्कले घटेर २५८०.७६ को विन्दुमा अडिएको हो ।

यस दिन बजारमा १ करोड ७० लाख ६१ हजार ८०७ कित्ता सेयरको खरिदबिक्री हुँदा ७ अर्ब ३६ करोड १९ लाख ८८ हजार रुपैयाँको कारोबार भएको छ ।  अघिल्लो कारोबारका दिन आइतबार मात्रै परिसूचक ५०.७३ अङ्कले घटेर २६३७.७९ को विन्दुमा अडिएको थियो ।

आइतबार बजारमा २ करोड ४८ लाख ४६ हजार ७८२ कित्ता सेयरको खरिदबिक्री हुँदा १० अर्ब ३३ करोड ९२ लाख रुपैयाँ बढीको कारोबार भएको थियो । ​​

उपसमूहतर्फ रहेका १३ वटै समूह घटेका राताम्मे भएका छन् । सबै समूहहरू घटेका छन् ।  

आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् । आज यस कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । 

कारोबारका आधारमा सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ३१ करोड ११ लाख ४९ हजार रुपैयाँको साथ शीर्ष स्थानमा रहेको छ ।