पाँच लाख बराबरको सामग्री बरामद

बुधबार असोज २, २०८१/ Wednesday 09-18-24
Paschim Today

धनगढी, असोज २ गते । कैलाली प्रहरीले पाँच लाख ३१ हजार मूल्य बराबरको भन्सार छलीको सामग्री बरामद गरेको छ । प्रहरीले जिल्लाको विभिन्न स्थानबाट सामानहरू बरामद गरेको हो । 

भारतबाट विभिन्न नाकाबाट ल्याएको भन्सार छलीको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । सो कार्यालयका अनुसार भजनी नगरपालिकाको चर्रा, पडरिया, हिम्मतपुरघाटबाट अन्दाजी चार लाख ४२ हजार रुपियाँ बराबरको मोटरसाइकलको पार्टपुर्जा, कपडा, चिनी, इलेकट्रोनिक सामान बरामद गरिएको छ । 

यस्तै, धनगढी उपमहानगरपालिकाको जुगेडा, हल्दुघाट, मनेहरा, ट्राफिक चोक, त्रिवेणीघाट, बेलीघाटबाट अन्दाजी ८९ हजार रुपियाँ बराबरको कपडा, सुर्तीजन्य पदार्थ, चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिए ।