सहकारी छानबिन समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस

सोमबार भदौ ३१, २०८१/ Monday 09-16-24
Paschim Today

काठमाडौँ, भदौ ३१ गते । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकका समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१ पेस गरेका हुन

विभिन्न सहकारीहरूको बचत रकम अपचलन भएको भन्दै सो को छानबिन गर्नका लागि भन्दै प्रतिनिधि सभाले थापाको संयोजकत्वमा २०८१ जेठ १५ गते ७ सदस्यीय छानबिन विशेष समिति गठन गरेको थियो ।

प्रतिवेदन प्रस्तुत गb{} सभापति थापाले पार्टीभन्दा माथि उठेर छानबिन गरेको बताP । उgले छानबिन समितिमा रहेका पाँच पार्टीहरू एकैतिर फर्किएर छानबिन गरिएको बताP ।

उgले समितिले ६६ वटा बैठक गरेको र विभिन्न ४५१ जना व्यक्तिहरूसँग सुझावमूलक जानकारी र अन्तरक्रिया गरेको जानकारी दिP । सहकारी ठगीको आरोपित ४७ जना सहकारी सञ्चालक, गोर्खा मिडिया नेटवर्क प्रा.लि.का सञ्चालक तथा कर्मचारी समेत तीन जना र नियामक निकायका पाँच जना गरी जम्मा ५५ जनासँग सोधपुछ गरेका गरिएको उgले जानकारी दिP ।

प्रतिवेदन सभामा पेस भएसँगै सभामुख देवराज घिमिरेले प्रतिवेदनको आवश्यक कार्यार्थ नेपाल सरकारलाई पठाउन सचिवालयलाई निर्देशन दिP । उgले भg], ‘‘सभामा प्रस्तुत सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन २०८१ आवश्यक कार्यार्थ नेपाल सरकारलाई पठाउन म सचिवालयलाई निर्देश गर्दछु ।’’